HamroNepalDainik.com
समाचार

सुरु भयो प्रधानमन्त्री र कानुन व्यवसायीहरु बीच छलफल

१० मंसिर,  । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागी रहेका छन् ।

लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

नेपाल बार एशोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ ।

Related posts

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

hamronepaldainik

अंत्यमा सत्यको जित भयो, शिक्षक ठाकुरले सुरु गरे कामकाज

hamronepaldainik

पकहाँमैनपुरकाे प्र.प्र अधिकृतमा उदयशंकर चाैधरी : अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले गरे स्वागत

hamronepaldainik
HamroNepalDainik