HamroNepalDainik.com
समाचारस्थानिय

सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

वीरगंज
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने स्पष्ट पारेका छन् । वीरगंजमा आज सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताएका छन् । प्रभावित हुने गरी सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको र तीनै तहका करको बोझका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उहाँले चिन्ता व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगंज आफैंमा आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गर्दै बिरगंजको पहिचान जोगाउन यहाँ रहेका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको उनले जानकारी दिए ।
पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगंजको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुको साथै संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले पनि आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगंजको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राखेका थिए  ।


कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए।
अन्तरक्रियामा सहभागीहरूले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

Related posts

पटेर्वा सुगौलीको १३औं गाउँसभा सम्पन्न,४१ करोड १४ लाखको बजेट प्रस्तुत

hamronepaldainik

युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवार र स्मृती कोषमा महानगरको सहयोग

hamronepaldainik

टिभी वीरगंजको नयाँ स्टुडियो उद्घाटन

hamronepaldainik
HamroNepalDainik