HamroNepalDainik.com
शिक्षासमाचार

कक्षा १० का बिधार्थीहरु लाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न।

वीरगञ्ज १६ असोज,

वीरगञ्ज गोल्डेन गेट एकेडमी द्वारा आज रौतहट जिल्लाको मो मौलापुर नगरपालिका मा निर्मित पिकनिक पार्कमा एक कार्यक्रमको आयोजना गरी वीरगञ्ज गोल्डेन गेट एकेडमी का बिधार्थी हरु लाई सम्मान तथा विदाई गरिएको छ ।

विधालय का संचालक सगिर अंसारी को सभापतित्वमा सम्पन्न कार्यक्रममा विधालय का प्रध्यापक शेख अजहर, कोडिनेटर भरत यादव , विदाई तथा सम्मान कार्यक्रमको कार्यक्रम संयोजक शेख अमजद विशिष्ट अतिथि भोजपुरी टाइम्स दैनिक पत्रिका का कार्यकरी सम्पादक एवं नेपाल युवा परिषद् प्रदेश नं २ का संयोजक श्रवण प्रसाद साह, विशिष्ट अतिथि फोटो पत्रकार शेष मखदुम जहागस्त , बिशिष्ट अतिथि होटल व्यवसायी संघ पर्सा का महासचिव तथा होटल आमान प्यालेस का संचालक तबरेज आलाम , अतिथि बारा दैनिक अनलाइन का संचालक मानिकचन साह लगायत विधालय का शिक्षक शिक्षिका तथा बिधार्थीहरुको सहभागिता रहेको थियो।

सो विदाई तथा सम्मान कार्यक्रम मा विधालय को तर्फबाट विधालय का कोडिनेटर भरत यादव लाई वेष्ट शिक्षक को एवार्ड बाट सम्मानित गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज पब्लिकेशनको संचालक इजरायल अंसारीले विधार्थीहरु एउटा काचो माटो हो विधार्थी जिवन एउटा एस्तो जिवन हो जुन विधालय बाट सिकिन्छ तपाईहरुले सिक्नु भयो तर धेरै कुराहरु सिक्ने अहिले बाँकी छ तपाईंहरु वीरगञ्ज गोल्डेन गेट एकेडमीको गोल्डेन गेट पास गर्नुभएको छ र गरिबि कुनै पुर्न जनमको पाप होईन हाम्रै लापरवाही र आलस्य को कारण हो भने जस्तै अशिक्षित हुनु भने हाम्रै कारण हो प्रमुख अतिथि अंसारीले बताए।
सो कार्यक्रममा स्वागत मन्तव्य विधालय का प्रध्यापक शेख अजहरले गर्नु भएको छ भने कार्यक्रम संचालन शेख अमजदले गरेका थिए।

Related posts

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जना घाइते

hamronepaldainik

मापदण्ड विपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा

hamronepaldainik

पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik