HamroNepalDainik.com
समाचार

वीरगंजमा अत्याधुनिक स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा

२ असोज, वीरगंज।
छालामा आएको कपाल, कोठी तथा ट्याटु हटाउनका लागि वीरगंजमै पहिलो पटक अत्याधुनिक उपकरणसहितको स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा आएको छ ।
वीरगंजको घण्टाघर नजिक संचालनमा आएको सेन्टरको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन्  ।
उनले सेन्टरबाट प्रदान हुने गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा वीरगंजवासीले प्राप्त गर्नेमा विश्वास व्यक्त गरेका  थिए ।

नयाँ नयाँ व्यवसाय संचालन हुनुले आर्थिक अवस्था चलायमान बनाउने भन्दै उनले युवा पुस्ता नविनतम कार्यमा जुट्नु खुसीको कुरा भएको पनि बताए ।
सेन्टरमा अहिलेसम्म वीरगंजमै उपलब्ध नरहेका सेवाहरु
हाइड्रा फेसियल, ट्याटु रिमुभर, हेयर रिमुभर, कार्बन लेजर, मोल (कोठी) रिमोभर सेवा उपलब्ध रहेको संचालक आरपी जयसवालले जानकारी दिए ।
यसका साथै आफूहरुले चाँडै नै सिओटु लेजर सेवा समेत उपलब्ध गराउने तयारीमाजुटेको पनि बताए ।

शुक्रबारका दिन १ सय रुपैयाँमै ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै उनले सेवाग्राहीलाई सबै खाले लेजर सेवामा ३० प्रतिशत छुट दिने पनि बताएका थिए  ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, डा. स्मिता झा डा.स्वाती साह लगायतको सहभागिता रहेको थियो ।

Related posts

ठाकुरराम क्याम्पसमा आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा

hamronepaldainik

मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

hamronepaldainik

स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

hamronepaldainik
HamroNepalDainik