HamroNepalDainik.com
बैंक/वित्तसमाचार

बैंक ह्याकरहरुको सञ्जाल वीरगंजमा पनि सक्रिय : सेन्चुरी बैंकको खाता ३३ हजार रकम गायब

वीरगंज (पर्सा), २३ भदौ / वीरगंजको आदर्शनगर स्थित रहेको सेन्चुरी बैंकको खाता ह्याक गरि खाताबाट पैसा अनलाइन ट्रान्जेसक्न भएको पाइएको छ । संघीय राजधानी काठमाडौंमा चाइनाका ह्याकरहरुले बैंक, एटिएम ह्याक गरि घटनाहरु सार्वजनिक भइरहेको अवस्थामा वीरगंजको बैंकबाट पनि बैंकको खाता ह्याक गरेर पैसा निकाल्ने सञ्जाल देखिएका छन् । ह्याकरले काठमाडौं लगायत अन्य स्थानमा बसेर वीरगंजको बैंकको खाता ह्याक गरेर आफूसँग जोडिएका व्यक्तिहरुको खातामा अनलाइन रकम ट्रान्जेक्सन गरि निकाल्न लगाएको घटना सार्वजनिक भएको छ ।
पुजन होटल छेउमै रहेमै सेन्चुरी बैंकको खाताबाट ह्याकरले बुधबार दिउँसो १२ः१७ बजेको समयमा रु ३३ हजार रुपैया ह्याक गरेका छन् । वीरगंज महानगरपालिका वडा नं. ३० निवासी हरेराम प्रसाद गुप्ताको उक्त बैंकमा रहेको खाताबाट ह्याकरले ३३ हजार रुपैया गल्तीमा अनलाइन ट्रान्जेक्सन गरि पुनः सानिमा बैंकमा रकम पठाई निकाल्न लगाएको पाइएको हो । ह्याकरले गुप्ताको खाताबाट विकास थिङको नाममा रहेको ९८२१३६६२७३ नम्बरको खल्तीमा बुधबार दिउँसो १२ः१७ को समयमा अनलाइ ट्रान्जेक्सन गरेको बैंकबाट प्राप्त तथ्याँकले देखाएको छ।

त्यस पश्चात वीरगंज स्थित सानिमा बैंक लिमिटेडमा अमित गौरोको नाममा रहेको ०२१०११०१००००८८६ खातामा त्यही रकम ट्रान्सफर गरि सानिमा बैंकबाट पैसा निकालेको पाइएको छ । ह्याकर रविन विष्ट भन्ने व्यक्तिले खाताधनी गुप्ताको खाता ह्याक गरि विकास थिङको खल्तीको खातामा रकम अनलाइन ट्रान्जेक्सन गरेका छन् भने विकास थिङले पर्सा जिल्ला बेलवा निवासी अमित गौरोको सानिमा बैंकको खातामा रकम अनलाइन ट्रान्जेसक्न गरेको पाइएको हो । त्यस पश्चात अमित गौरोले पैसा ३२ हजार ९ सय रुपैया आफ्नो खाताबाट दिउँसोको १२ः१६ बजे झिकेको पाइएको हो ।
समग्रमा भन्नुपर्दा यि तिनैजनाको सञ्जाल देखिएको छ । एक मिनेट समयको अन्तरालमा यिनीहरुले ३३ हजार रुपैया ह्याक गरि निकाल्न सफल भएको बैंकबाट प्राप्त तथ्याँकले नै देखाएको छ । सरकारले सम्पूर्ण आर्थिक कारोबार बैंक मार्फत गर्नुपर्छ, आफुसँग भएको पैसा पनि सुरक्षित तरिकाले बैंकमा राख्नुपर्छ भनेर प्रावधान नै ल्याएको छ, तर यसरी खाताधनीको जानकारी विना नै खाताबाट रकम झिकिएपछि अब बैंकमा पनि पैसा सुरक्षित नरहेको चिन्ता बढ्न थालेको छ । यो घटना पश्चात गुप्ताले सेन्चुरी बैंक र कुमारी बैंकमा रहेको आफ्नो खाता बन्द समेत गराएका छन् ।
घटना पश्चात खाताधनी गुप्ताले जिल्ला प्रहरी कार्यालय पर्सामा अमित गौरो विरुद्ध किटानी जाहेरी समेत दिएका छन् । गौरो पर्सा जिल्ला तत्कालीन बेलवा गाविस निवासी व्यक्ति रहेको बैंकबाट जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सानिमा बैंकमा रहेको अमित गौरोको खाता विवरण झिकाउन पत्र काटेको छ । यस्तो घटना भएपनि सेन्चुरी बैंक बेखर भएको जस्तो व्यवहार गरि रहेको खाताधनीको आरोप छ । हालसम्म खाताधनीको पैसा पनि फिर्ता भएको छैन । घटनालाई छानविन खाताधनीले दबाब दिदा पनि बैंकले वेवास्ता गरेको खाताधनीको आरोप छ । घटना भएको २४ घण्टा वितिसक्दा पनि पैसा कसले झिक्यो भन्ने
सेन्चुरी बैंकका वीरगंज शाखा प्रमुख शिवनाथ साहले यो घटनाप्रति बैंक कुनै जवाफदेही नरहेको गैर जिम्मेवारीपूर्ण जवाफ दिएको खाताधनीको आरोप छ । खाताधनीको अथोराइज विना पैसा अनलाइन ट्रान्जेक्सन हुन नसक्ने भएकोले यस विषयमा बैंकले केही गर्न नसकिने जवाफ दिएको खाताधनी गुप्ताको भनाई छ ।

Related posts

बिन्दवासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका उमेदवार चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

hamronepaldainik

आर्थिक क्रान्तिको लागि नेपाली काङ्ग्रेसको जित आवश्यक : नेता रिजाल

hamronepaldainik
HamroNepalDainik