HamroNepalDainik.com
समाचार

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन

२१ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् ।

पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिकाे अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ ।

बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ । प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल,  कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।onlinekhabar

Related posts

नगरवासिको समस्या बुझ्न टोलटोलमा पुगे मेयर सिंह

hamronepaldainik

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा १० महिला सहित ७६ जनाले गरे रक्तदान

hamronepaldainik

गाउँ सभाकाे बिषयलाई लिएर कालिकामाईमा झडप, वडाध्यक्ष पटेल घाईते

hamronepaldainik
HamroNepalDainik