HamroNepalDainik.com
समाचार

सानवी फाउन्डेसनद्धारा तीज रमाईलो महोत्सव २०७९ सम्पन्न

वीरगंज ४ भदौ ।
“परम्परा जोगाऔं विकृति हटाऔं” भन्ने मुल नाराका साथ सानवी फाउन्डेसन अफ नेपाल वीरगंज–११ पर्साको आयोजनामा शनिवार वीरगंजमा तीज रमाईलो महोत्सव २०७९ सम्पन्न भएको छ ।
बलराम ईन्टरप्राईजेज वीरगंज पर्साको सहयोगमा वीरगंजको नगरसभागृहमा आयोजित महोत्सवको उदघाटन नेपाली काँग्रेसकी महिला नेतृ रम्भा भिश्रले पानसमा बत्ति बाली उदघाटन गरेकी थिईन ।
उदघाटन गर्दै नेतृ मिश्रले महिलाहरुको महान चाड हरितालिका तीजको शुभकामना दिदै भव्य र सभ्य रुपमा मनाउन आग्रह गरेकी थिईन । सानवी फाउन्डेसनका अध्यक्ष विवेक कुमार झाको सभापतित्वमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि पल्लवी हरलालका, डा. स्नेहा चौरसिया, मेघा ठाकुर लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।
सो अवसरमा सहभागी महिलाहरुले तीजको गीत गाउनुका साथै नृत्य गरी मनोरञ्जन समेत गरेको आयोजक संस्थाका राज साहले बताए ।

Related posts

८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण

hamronepaldainik

वीरगञ्ज महानगरको मेयरमा जसपाबाट सिँहको मनोनयन दर्ता

hamronepaldainik

वीरगञ्ज : शुक्रबारदेखि नाका खुलेपनि भारतीय चारपांग्रे सवारी नेपालभित्र प्रवेश गर्नमा रोक

hamronepaldainik
HamroNepalDainik