HamroNepalDainik.com
समाचारस्थानिय

वडाकाे कामकाज छाेडी प्र.प्र अधिकृतकाे सरुवामा कालिकामाईका वडाध्यक्षहरु व्यस्त

वीरगंज, २२ फागुन ।

पर्साकाे कालिकामाई गाउँपालिकाका वडाध्यक्षहरु वडाकाे कामकाज छाेडी प्रमुख प्रशासकिय अधिकृतकाे सरुवा गराउनमा व्यस्त देखिएका छन् ।

गाउँपालिकामा १४ महिनादेखी कार्यरत रहेका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सरुवा गरेर अमित कुमार गिरीलाई पठाएपछि केही वडाध्यक्षहरु वडाकाे कामकाज छाेडी काठमाडाैं पुगेका छन् । वडा नं. २ का वडाध्यक्ष साेनालाल चाैरसिया, वडा नं. ३ का वडाध्यक्ष संजय पटेल, वडा न‌ं. ४ का वडाध्यक्ष हरिओम साह कलवार, वडा न‌ं. ५ का वडाध्यक्ष पवन तिवारी र गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल कुमार राैनियार प्रमुख प्रशासकिय अधिकृत गिरीकाे सरुवाकाे लागि काठमाडाैं पुगेका हुन् ।

यी वडाध्यक्षहरु ५ दिनदेखी वडा कार्यालयमा नबस्दा वडाबाट प्रवाह हुने सेवाहरु प्रभावित भएकाे सेवाग्राहीहरुले वताएका छन् । गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएकै दिन गाउँ कार्यपालिका कार्यालयकाे दर्ता, चलानी र हाजरी रजिस्टर लुकाएर एक कर्मचारीसहितकाे केही जनप्रतिनिधि काठमाडाैं पुगेका हुन् ।

प्रमुख प्रशासकिय अधिकृत गिरी आए कै दिन गाउँपालिकाकाे दर्ता, चलानी रजिष्टर र हाजरी रिष्टर लुकाएर सरुवा गराउन काठमाडाैं पुगेका वडाध्यक्षहरुकाे नियत प्रति गाउँवासी अशंका गर्न थालेका छन् । यी वडाध्यक्षहरुकाे मिलाेमताेमा निति, नियम विपरित काम गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत साहलाई पुन: गाउँपालिकामा ल्याउन विभिन्न किसिमकाे प्रयास गरे पनि आइतबार सम्म सफल हुन सकेकाे छैन । गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएपछि विगतमा भएकाे भ्रष्टाचारकाे भण्डाफाेर हुने डरले वडाध्यक्षहरु त्रसित भएकाे समाचार स्राेतले जनाएकाे छ ।

Related posts

दुर्गा प्रसाईंको अराजकताको असर, जाजरकोटमा कालोमोसो र लुटपाट

hamronepaldainik

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ

hamronepaldainik

छठमा हिन्दुमाथि आक्रमण गर्ने विरुद्ध वीरगन्जमा जुलुस प्रर्दशन : मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको माँग

hamronepaldainik
HamroNepalDainik