HamroNepalDainik.com
समाचार

पर्सामा अनियमति लोडसेडीगं विरुद्ध युवा नेताहरु द्वरा प्रदर्शन

पर्सा ५ असार ।

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र विरुद्धमा लोकतान्त्रिक समाजवादी पार्टी पर्सा विरुद्ध प्रदर्शनमा उत्रेको छ । विधुत प्राधिकरणले पटक पटक गरीरहेको अनियमति लोडसेडीगं विरुद्ध प्रदर्शन भएको छ । प्राधिकरणको लापरवाहीको कारण लोसपा महानगर कमिटिले विरुद्ध प्रदर्शन गरेको थियो । लोसपाका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अगुवाई तथा युवा नेता मनोज साहको सकृयतामा आईतबार प्रदर्शन भएको हो । गत सातापनि प्राधिकरणको लापरवाहीको कारण मुल मै धर्ना प्रर्दशन गर्दै केन्द्रका प्रमुखलाई ध्यानकर्षण गराएको थियो । प्रदर्शनमा सहभागी युवाहरुले कुलमान घिसिगं खबरदार, जनतालाई दुख दिन पाईदैन भन्ने लगायतका प्लेकार्ड बोकी युवा तथा नेताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी युवा नेता ओमप्रकाश सरार्फले विधुत प्राधिकरणको लापरवाहीका कारण सर्वसाधारण जनताले दिनहु जसो सास्ती खेप्न बाध्य भएको बताए । अघोषित लोडसेटिङ्ग तथा छिनछिनमा विद्युत कटेपछि जनता दिनहुँ मार खेप्दै आएका छन । कतिपयको प्राविधिक उपकरण समेत जलेर नष्ट भएको छ । प्राधिकरणको लापरवाहीको कारण कतिपय उद्योग समेत बन्द हुने कगारमा पुगेको अध्यक्ष सर्राफले बताए । सहज रुमाप विद्युत आपुर्ति नगरे जनता नै सडकमा उत्रिने चेतावनी समेत उनले दिए । प्रदर्शनमा सहभागीहरुले दिनहु जसो विधुत भोल्टेज कम हुने गरेको कारण घरघरमा टिभि, फ्रिज, पंखा लगायतका सामाग्री जलेको तथा विहानदेखी रातीसम्म पटक पटक विधुत कटौतीले गर्मीमा रातभर जाग्राम बस्न बाध्य हुने गरेको गुनासो गरेका थिए । पटक पटक लाईन कट्ने तथा लोभोल्टेजका कारण विधुतिय उपकरणहरु जलने, बिग्रीने तथा उद्योगको उत्पादन कार्यका लागि जडान भएका मेसिनहरु चल्न नसकेर उत्पादनमा नकरात्मक प्रभाव समेत परेको भन्दै सहज रुपमा विद्युती आपुर्ति गर्न यसअघि वीरगन्जका साना उद्योगि व्यवसायी समेत प्राधिकरणमा ज्ञापन पत्र बुझाएको थियो ।

Related posts

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

hamronepaldainik

श्री नेपाल स्काउट निमाविमा अध्यनरत्त विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

hamronepaldainik

मिडिया सँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छुु ः प्रजिअ अर्याल

hamronepaldainik
HamroNepalDainik