HamroNepalDainik.com
प्रदेशसमाचार

बस दुर्घटनामा : घाइतेको उद्धार गर्न सरकारले पठायो सेनाको हेलिकप्टर

८ कात्तिक, ।

पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।

Related posts

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

hamronepaldainik

वीरगञ्ज महानगरको मेयरमा जसपाबाट सिँहको मनोनयन दर्ता

hamronepaldainik

आइपीएल खेलमा अनलाइन मार्फत सट्टाबाजी गर्ने चारजना वीरगञ्जबाट पक्राउ

hamronepaldainik
HamroNepalDainik