HamroNepalDainik.com
Uncategorizedआर्थिकसमाचार

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

११ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका हुन्  ।

सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका थिए ।

उनले रु १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन के-के गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह समेत गरेका थिए ।

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरु लगायत सहभागीता रहेको थियो । (रासस)

 

Related posts

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

स्थानीय तहलाई विपद्सम्बन्धी न्यूनतम मापदण्डअनुसार सक्षम बनाइने 

hamronepaldainik

एमसीसीका सहायक उपाध्यक्षले भेटे नेपाली राजदूतलाई

hamronepaldainik
HamroNepalDainik