HamroNepalDainik.com
समाचारस्थानिय

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

३२ जेठ, बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. २ निवासी ४५ बर्षिय हरिभुषण कुशवाहाकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पस कलैयाका प्रमुख समेत रहेका कुशवाहामाथि शुक्रबार सांझ अज्ञात समुहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

गाेली लागेर गम्भिर घाइते भएका कुशवाहाकाे वीरगंजस्थित नेपाल मेडिसिटी बयाेधा अस्पताल उपचारकाे लागि लगिएकाे थियाे । ढाड र पिठयुमा गोली लागि गम्भिर घाइते कुशवाहाको उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

क्याम्पस प्रमुख कुशवाहको थप उपचारकाे लागि काठमाडाैं लग्ने तयारी गरिएकाे थियाे । घटनामा संलग्न रहेकाे अशंकामा प्रहरी एक जनालाई नियन्त्रणमा समेत लिएकाे छ । शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे बारा प्रहरीका प्रवक्ता डिएसपी न्याैपानेले वताए । यस अघि पनि बारामा अज्ञात समुहकाे गाेली प्रहारबाट एक जना प्रिन्सपलकाे मृत्यु भएकाे थियाे ।

Related posts

पर्साको ईटियाहीमा घरको स्ल्यापबाट खसेर किशोरको मृत्यु

hamronepaldainik

मन्त्री नबनाएको विरोधमा वीरगञ्जका युवाहरुद्वारा काठमाडौँमा उपेन्द्र यादवको पुत्ला दहन

hamronepaldainik

सशस्त्र प्रहरीद्वरा ट्रक सहित ठुलो मात्रामा लागु औषध गाजा बरामद

hamronepaldainik
HamroNepalDainik