HamroNepalDainik.com
समाचारस्थानिय

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

३२ जेठ, बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. २ निवासी ४५ बर्षिय हरिभुषण कुशवाहाकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पस कलैयाका प्रमुख समेत रहेका कुशवाहामाथि शुक्रबार सांझ अज्ञात समुहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

गाेली लागेर गम्भिर घाइते भएका कुशवाहाकाे वीरगंजस्थित नेपाल मेडिसिटी बयाेधा अस्पताल उपचारकाे लागि लगिएकाे थियाे । ढाड र पिठयुमा गोली लागि गम्भिर घाइते कुशवाहाको उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

क्याम्पस प्रमुख कुशवाहको थप उपचारकाे लागि काठमाडाैं लग्ने तयारी गरिएकाे थियाे । घटनामा संलग्न रहेकाे अशंकामा प्रहरी एक जनालाई नियन्त्रणमा समेत लिएकाे छ । शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे बारा प्रहरीका प्रवक्ता डिएसपी न्याैपानेले वताए । यस अघि पनि बारामा अज्ञात समुहकाे गाेली प्रहारबाट एक जना प्रिन्सपलकाे मृत्यु भएकाे थियाे ।

Related posts

राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नु पर्छ : मन्त्रि गुप्ता

hamronepaldainik

बिन्दवासिनि गाउँपालिकामा तिवारीको लोकप्रियता बढदै

hamronepaldainik

नेपाल परिवार दल पर्साको अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik