HamroNepalDainik.com
खेलकुदसमाचार

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान, ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई  प्रदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरी कारबाहीमा परेका छन् । उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

क्यानद्वारा गठित अनुशासन उल्लङ्घन सम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाइ २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको छ।‍’

Related posts

मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि एकमहिने अभियान सुरु

hamronepaldainik

सरकारले स्थानीय तहसँग माग्यो मनसुनजन्य घटनाबाट भएको क्षतिको विवरण

hamronepaldainik

बिन्दवासिनीका असई तिवारीद्वारा एक दलित माथी बुट प्रहार

hamronepaldainik
HamroNepalDainik