HamroNepalDainik.com
समाचार

सरकारले स्थानीय तहसँग माग्यो मनसुनजन्य घटनाबाट भएको क्षतिको विवरण

९ कात्तिक, ।

संघीय सरकारले स्थानीय तहबाट मनसुनजन्य घटनाका कारण भएको मानवीय, बालिनाली तथा भौतिक रुपमा भएको क्षतिको विवरण संकलन थालेको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पत्र काट्दै यस्तो विवरण पठाउन भनेको हो । सरकारले मनसुनजन्य विपद्का घटनाबाट भएको क्षतिको विवरणसहित पुनर्लाभ योजना तयार गरी कार्यान्वयन गर्ने प्रयोजनका लागि यस्तो विवरण चाहिएको बताएको छ ।

स्थानीय सरकारहरुले आ-आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण मन्त्रालयलाई यथाशीघ्र पठाउनु पर्ने भएको छ ।

सरकारले घाइते, मृत्यु हुने र बेपत्ता हुनेको संख्या मागेको छ । पूर्वाधारतर्फ सडक, भवन, सिँचाइ, कुलो, बाँध, पैनी, खानेपानी, पुलमा भएको क्षतिको विवरण मागेको छ । निजी आवासमा भएको क्षतिसँगै कृषि बाली, पशुपन्छीमा भएको क्षतिको समेत अनुमानित क्षति रकमसहित पठाउन भनिएको छ ।

Related posts

पर्साको धोविनी गाउँपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा बानिया मनोनयन दर्ता गराए

hamronepaldainik

पर्साको कालिकामाईमा गोली चल्यो : एक बालक घाइते

hamronepaldainik

बिन्दवासिनि गाउँपालिकामा तिवारीको लोकप्रियता बढदै

hamronepaldainik
HamroNepalDainik