HamroNepalDainik.com
समाचार

सरकारले स्थानीय तहसँग माग्यो मनसुनजन्य घटनाबाट भएको क्षतिको विवरण

९ कात्तिक, ।

संघीय सरकारले स्थानीय तहबाट मनसुनजन्य घटनाका कारण भएको मानवीय, बालिनाली तथा भौतिक रुपमा भएको क्षतिको विवरण संकलन थालेको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पत्र काट्दै यस्तो विवरण पठाउन भनेको हो । सरकारले मनसुनजन्य विपद्का घटनाबाट भएको क्षतिको विवरणसहित पुनर्लाभ योजना तयार गरी कार्यान्वयन गर्ने प्रयोजनका लागि यस्तो विवरण चाहिएको बताएको छ ।

स्थानीय सरकारहरुले आ-आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण मन्त्रालयलाई यथाशीघ्र पठाउनु पर्ने भएको छ ।

सरकारले घाइते, मृत्यु हुने र बेपत्ता हुनेको संख्या मागेको छ । पूर्वाधारतर्फ सडक, भवन, सिँचाइ, कुलो, बाँध, पैनी, खानेपानी, पुलमा भएको क्षतिको विवरण मागेको छ । निजी आवासमा भएको क्षतिसँगै कृषि बाली, पशुपन्छीमा भएको क्षतिको समेत अनुमानित क्षति रकमसहित पठाउन भनिएको छ ।

Related posts

बाराका नितनपुर चौकमा एक आपसमा गाडी ठोकिदा तिन जनाको मृत्यु

hamronepaldainik

सिट क्षमता भन्दा बढि यात्रु बोकी रुट पर्मिट विना महानगरमा टेम्पो कुद्दै

hamronepaldainik

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

hamronepaldainik
HamroNepalDainik