HamroNepalDainik.com
समाचारस्थानिय

बाराका नितनपुर चौकमा एक आपसमा गाडी ठोकिदा तिन जनाको मृत्यु

वीरगञ्ज ३० असोज

बाराको नितनपुर चोक नजिक ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको मृत्यु भएको छ ।

नेपाली ट्यांकर ना ३ ख ७५९४ र विपरीत दिशाबाट आएको भारतिय बि.आर. ०६ कयु. ४१४१ नम्बरको कार एक आपसमा ठोकिदा गाडी सवार दुइजना र एक जना गाडी चालक गरि तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको छ ।

कार चालक राजन सर्राफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

hamronepaldainik

देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

hamronepaldainik

भोजपुरी टाईम्स दैनिकको १० औं वार्षिकोत्सवमा ह्विल चेयर प्रदान

hamronepaldainik
HamroNepalDainik