HamroNepalDainik.com
खेलकुदसमाचार

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

१ वैशाख, काठमाडौं ( नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।

दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।

दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए । नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । अनलाईन खबर

Related posts

ग्यास बोकेका ट्रकबाट गाडी दुर्घटनामा परि एक जान को मृत्यु।

hamronepaldainik

कालिकामाई गाउँपालिकाको ९ औं गाउँसभा : ३० करोड ९१ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा पाण्डेको दाबी

hamronepaldainik
HamroNepalDainik