HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न

वीरगंज ।
वीरगंज महानगरपालिका वडा नं. १९ स्थित विन्दवासिनी स्वास्थ्य चौकीमा राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत वडा स्तरीय एम.आर. खोप अभियान बारे खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखा पर्साको आयोजनामा बिन्दबासिनी स्वास्थ्य चौकीको सभाहलमा आयोजित सो कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज शिव हरि तिवारीले फागुन २७ गते देखि चैत्र ५ गतेसम्म वडा भित्र रहेका निजि तथा सरकारी सम्पुर्ण स्कुलमा खोप लगाउने र स्कूलमा छुटेका बालबालिकालाई खोप अभियानको अन्तिम दिन बिन्दवासिनी स्वास्थ्य चौकीमा लगाईने बताए ।

९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाउन सम्पूर्ण अभिभावकहरुमा आग्रह गरेका थिए । खोप अभियानमा दादुरा खोप (MR) खोप लगाउनुको साथै केहि PCV, DPT,IPV खोप लिन छुटेका बालबालिकाहरुलाई खोप कार्ड सहित सहभागी भई खोप लागाउन प्रमुख तिवारीले आह्वान गर्नु भएको छ ।
खोप कार्यक्रममा कर्मचारी तथा स्वयंसेवकहरुलाई आफुले सक्दो सहयोग गरी कर्मचारीहरुको मनोबल बढाउने तर्फ जनप्रतिनिधि एवं अभिभावकहरु सँग आग्रह गरेका थिए ।

वडा नं. १९ का कार्यवाहक वडाध्यक्ष उपेन्द्र प्रसाद यादवको सभापतित्वमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा स्थानिय बिन्देश्वर चौरसिया, बिनोद चौरसिया, रामचन्द्र चौरसिया, राजेश चौरसिया, वडा सचिव घनश्याम प्रसाद कुर्मी, स्वास्थ्य चौकीका कर्मचारी, स्वयंवेक, स्थानिय भद्रभलादमी लगायतको सहभागिता रहेको थियो ।

Related posts

संविधान दिवसमा वीरगञ्ज कारागारबाट २४ जना कैदी रिहा

hamronepaldainik

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान, ३० जनाले दिए रगत

hamronepaldainik

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik