HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान, ३० जनाले दिए रगत

वीरगंज । ४७ औं कोर एससीबी रक्सौल (बिहार) काे आयाेजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा कार्यक्रममा वाहिनीका कार्यावहक कमाण्डेन्ट दीपक कृष्णसहित ३० जनाले रक्तदान गरेका हुन् ।

कामु कमाण्डेन्ट श्री दीपक कृष्ण, डिप्टी कमाण्डेन्ट ४७ को कमाण्डको प्रेरणामा असहायलाई निःस्वार्थ सेवा प्रदान गर्न र बलको मूल नारा ‘सेवा, सुरक्षा’ भन्ने उद्देश्यका साथ इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा उक्त शिविर आयोजना गरिएको वाहिनीका इन्सपेक्टर मनाेज कुमार शर्माले जानकारी दिए ।

 त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गरी सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको उनले वताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक आमोद कुमार र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो ।

 कार्यक्रममा वाहिनीका चिकित्सक डा. श्रीराज एमजे (एसीएमओ), डा. प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट अगाले प्रियदर्शन अरुण, डेपुटी कमाण्डेन्ट टीएच बसन्त सिंह, इन्स्पेक्टर मनोज कुमार शर्मा (एएचटीयू) र अन्य धेरै मातहतका अधिकारीहरू उपस्थिती रहेकाे थियाे ।

Related posts

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik

पर्सा जिल्लाको मूल साझा समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र मतदान गर्न अधिवक्ता प्रमोदको अनुरोध

hamronepaldainik

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

hamronepaldainik
HamroNepalDainik