HamroNepalDainik.com
समाचारस्थानिय

शान्भी फाउन्डेसनद्धारा निःशुल्क १५ दिने ब्युटिसियन तालिम सुरु

वीरगंज १२ बैशाख ।
शान्भी फाउन्डेसन अफ नेपाल वीरगंज पर्साले सोमबार निःशुल्क १५ दिने ब्युटिसियन तालिम शुभारम्भ गरेको छ ।
फाउन्डेसनको कार्यालय माईस्थानमा एक समारोहका बिच प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक बिदुर सिवाकोटीले उदघाटन गर्दै छोटो अवधिको यो तालिमले पूर्ण रुपमा क्षमतावान हुन नसके पनि आउने दिनमा यो तालिमलाई निरन्ता दिन आग्रह गरेका थिए । नियमित रुपमा तालिममा सहभागी भई सिक्न आग्रह गर्दै प्रनि सिवाकोटीले तालिम पश्चात आत्मनिर्भर बनी आय आर्जन गर्न सुझाएका थिए । समाजमा विद्यमान महिला हिंसालाई रोक्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्नेमा जोड दिदै प्रहरीको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता समेत जनाएका थिए ।
सो अवसरमा नेपाली काँग्रेसकी महिला नेतृ रम्भा मिश्र, वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह, जनमत पार्टीका पर्सा जिल्ला सह–संयोजक मुकेश द्विवेदी, तालिमकी प्रशिक्षिका मधु सिंह, अनिल यादव, १०० ग्रुप अफ पर्साका अध्यक्ष विक्की सर्राफ, श्याम गुप्ता लगायतकाले तालिमको सफलताको कामना गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष सानु कुमारीको अध्यक्षता भएको उदघाटन शत्रको सञ्चालन विवेक कुमार झाले गरेका थिए । फाउन्डेसनका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुले आफुहरुमा चन्दा संकलन गरेर तालिमको संचालन गरेको विवेक कुमार झाले बताए ।

Related posts

भ्रष्ट मुख्यमन्त्रीका कारण पूरै मधेश प्रदेश बदनाम भयो : अध्यक्ष सर्राफ

hamronepaldainik

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

hamronepaldainik

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

hamronepaldainik
HamroNepalDainik