HamroNepalDainik.com
समाचार

भ्रष्ट मुख्यमन्त्रीका कारण पूरै मधेश प्रदेश बदनाम भयो : अध्यक्ष सर्राफ

पर्सा । लोकतान्त्रि समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर समिती अध्यक्ष ओम प्रकाश सर्राफले मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीलाई भ्रष्ट मुख्यमन्त्री भएको आरोप लगाउँनु भएको छ । भ्रष्ट मुख्यमन्त्री राउतलाई हटाउँन र मधेस प्रदेश बचाउँन अगाडी मंसीर ४ गते हुन गईरहेको निर्वाचनमा प्रदेश सभा सदस्यबाट आफू मुख्यमन्त्री विरुद्ध उम्मेदवारी दिने घोषणा समेत उनले गरे ।

स्थानिय एक पत्रिकालाई अन्तरवार्ता दिदै अध्यक्ष सर्राफले भ्रष्ट मुख्यमन्त्रीलाई हटाउँन अभियाननै चलेको छ, र यसको विकल्पमा आफूलाई नै स्थानियवासीले अघि सारेको दावी गरे । मैले सबैको सहयोग र समर्थन पाएको छु । मलाई लाग्छ, यसपाली यो क्षेत्रमा परिवर्तन हुन्छ, उनले भने । अहिले संघीयताका विषयमा विभिन्न किसिमका सवालहरु उठिरहेका छन । मेरो विचराले यो सबै भ्रष्ट मुख्यमन्त्रीका कारणले नै पूरै मधेश प्रदेश बदनाम भएकोहो । त्यसकारण उहाँलाई रिप्लेस गर्ने ठूलो माहौल बन्दैछ । उहाँलाई हटाएर अब मधेकको अधिकार मुभमेन्टका काम गरेको र गर्दै आएका युवालाई अगाडी बढाउने मनोविज्ञान पनि श्रृजना भईरहेको उहाँले बताए ।

पार्टीले आफूलाई नै टिकट दिनेमा विश्वस्त रहेको दावी गरे । तर मेरो विवेकमा भर पर्छ कि टिकट लिने कि नलिने । अब त्यहा गठबन्धनको साझा उम्मेदवारका रुपमा मुख्यमन्त्री आएको अवस्थामा के गर्ने विषयमा परामर्श चल्दैछ । अन्तरवार्तामा उनले भनेका छन, पार्टीले त मलाई नै टिकट दिन्छ । मुख्यमन्त्री विरुद्ध हाम्रो उम्मेदवारी पक्का हुन्छ । यो चुनाव मात्र होईन भ्रष्टाचारी विरुद्धको अभियान हो ।

संघीयतालाई बलियो बनाउने अभियान हो । पहिचानको लडाईलाई अगाडी बढाउँने अभियान हो । मुख्यमन्त्री राउतको कारणले मधेश आन्दोलन पनि बदनाम भएको छ । हाम्रो अधिकारको लडाई ठूलो धक्का लागेको अवस्था छ । अहिले जुनसुकै सर्वे गर्नुस उहाँ एकदमै पछाडि हुनुहुन्छ । त्यसकारण हाम्रो पक्ष र उहाँको विषयमा एउटा माहौल छ । पार्टी नेतृत्वले साझा उम्मेदवारका रुपमा उहाँलाई ल्याए । हाम्रो शुभेच्छुक तथा मतदानले मान्नेवाला छैनन् । यो निर्णय गरियो भने त्यो जनताको आकांक्षाको विपरित पनि हुने छ ।

राउत भ्रष्टाचारी मात्र होइन, उनले अन्तरवार्तामा भनेका छन, उहाँ भ्रष्टाचारीको सरदारका रुपमा अगाडी देखिएका छन । उहाँको मुख्यमन्त्री कार्यालयबाट १० करोडभन्दा बढी भ्रष्टाचार भएको भनेर मुद्दा दर्ताा भएको छ । त्यसैले उहाँ ठूलो मुखिया हुनुहुन्छ । मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्टाचारको जिम्मा कार्यालयका मुखियाले लिनुपर्छ ।

राउतले गरेको सबै काम अधूरा छन । स्वाच्छता अभियानका नाममा पोखरीहरुलाई नष्ट गर्ने काम भईरहेको छ । त्यसको मौलिकतालाई नष्ट गरिदैछ । त्यसैले कमिशनको नाममा अधूरा अपूरा छोडिएको अवस्था छ । छठ पर्व मनाईने पोखरीको अस्तित्व नष्ट गर्ने काम भईरहेको छ । मुख्यमन्त्रीले राजमार्ग छेउमा मेकअप गरेर फेयर एण्ड लवली लगाएर ठूलो ठूलो होर्डिङ बोर्ड झुण्डयाएका छन । यसले मधेश समृद्ध हुन्छ ? हामी कुन तरिकाको राजनिति गर्दैछौं । मधेशमा पाँच बर्ष रहेको यो सरकारले मधेशका एउटा पनि जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउँन सकेन ।

युवाहरु विदेश पलायन हुने दर किन बढयो ? उनले भनेका छन,‘शिक्षा, स्वास्थ्य लगायत हरेक अति आवश्यकीय पूर्वाधारमा हामी किन पछाडि ? अहिले पनि किसानहरु एक बोला मलखाद ल्याउँन एसएसबी र सशस्त्रबाट पिटाई खानुपर्ने अवस्था छ । त्यसैले यहाँका जनताले मधेश सरकारको अनुभूति गर्न पाएका छैनन् । यो सरकारले केही ठेकेदारहरुलार्य धनी बनाउँने काम ग¥यो ।’

अध्यक्ष सर्राफले संघीयताको अनुभूति दिलाउँनका लागि, पूर्ण साक्षर मधेश प्रदेश बनाउँनका लागि, शिक्षा, स्वास्थ्य लगायत आवश्यक क्षेत्रमा सुधार गरेर नमूना प्रदेश बनाउँने उदेश्य लिएर हामी राजनितिमा आएका छौं । निश्चित लक्ष्यका लागि हामी राजनिकिमा आएका छौं । जनताले यसपटक हामीलाई अवसर दिने छन ।

Related posts

सिट क्षमता भन्दा बढि यात्रु बोकी रुट पर्मिट विना महानगरमा टेम्पो कुद्दै

hamronepaldainik

यातायात कार्यालय सवारी चालक अनुमति पत्र शाखामा घुसको रकम फालाफाल

hamronepaldainik

मधेश सरकारकाे वन मन्त्रीमा रमेश कुर्मी नियुक्त

hamronepaldainik
HamroNepalDainik