HamroNepalDainik.com
समाचारस्थानिय

पर्सामा शुक्रबार र शनिबार गरि छुट्टाछुट्टै स्थानमा तीन जना को हत्या

बिरगंज २५ पुस ।

पर्सामा शुक्रबार र शनिबार गरि छुट्टाछुट्टै स्थानमा तीन जना को हत्या भएको छ । हत्या हुनेमा एक बालक र एक बालिका र एक जना भारतीय नागरिक रहेका छन ।

हत्या गरीएको अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको छ। शुक्रवार बिहान ५ बजे वीरगञ्जको गण्डकस्थित बयोद्या अस्पताल पछाडिको नहरीमा भारतको कोलकात्ता घरभई हाल वीरगंजको छपकैयामा बस्दै रहेको इरिक्सा चलाक ४८ वर्षीय मुख्तार मियाँको शब फेला परे को थियो । उनी बुधवार साँझ ६ बजेदेखि बेपत्ता थिए। उनको टाउको र आखामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

शुक्रवार दिउँसो पर्साको पश्चिमी भेग जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी गाउँमा १२ वर्षीय बालकको शव फेला परेको थियो। घाँटीमा गम्छा बेरिएको अवस्थामा सन्ठी गाउँ नजिकैको उखुबारीमा स्थानीय नागेश्वर पटेलका छोरा मन्टु पटेलको शव फेला परेको परिवारजनले सनाखत गरेका छन्। बालक पनि बिहीवार रातिदेखि बेपत्ता थिए। उनको पनि हत्या नै गरिएको पर्सा प्रहरीको आशंका छ।

त्यसैगरी, शनिवार बिहान वीरगंज-१६ नगवास्थित रेल्वेरोड नजिकै निर्माणाधीन घर नजिक बालिकाको शब फेला परेको थियो । वीरगंज-१५ भिस्वामा बुवाआमासँगै डेरामा बस्दै आएकी ९ वर्षीया रिजवाना खातनुको शव फेला परेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए। ‘तीन वटै घटना शंकास्पद देखिएको छ’, उनले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा योजना बनाएर नै तीन वटै हत्या भएको हुन सक्ने देखिएको छ। अनुसन्धान सकिएपछि थप कुरा खुल्नेछ।’ उनले सबै शवहरु नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको बताउँदै तीन वटै घटनामा संलग्न भएको आशंकामा आफन्तजन तथा अन्य गरी १२ जनालाई निगरानीमा राखी सोधपुछ भइरहेको बताए।

वीरगञ्जको गण्डकस्थित बयोद्या अस्पताल पछाडिको नहरीमा भारत नागरिकको शव फेला परेको हो । र जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी नजिकै रहेको उखुबारीमा गम्छाले बेरिएर फालिएको अवस्थामा बालकको शव फेला परेको हो। र वीरगंज-१६ नगवास्थित रेल्वेरोड नजिकै निर्माणाधीन घर नजिक बालिकाको पनि शब फेला परेको थियो । घटनामा संलग्न रहेको हुन सक्ने आशंकामा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खनालले जानकारी दिए । पर्सामा दिनदिनै शव बरामद हुन थालेपछि आपराधिक गतिविधि बढ्ने आशंकाले जिल्लावासी त्रसित बनेका छन्।

Related posts

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता, राजेशमान प्रतिको आकर्षण बढ्दै

hamronepaldainik

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

hamronepaldainik

इन्सेककाे अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik