HamroNepalDainik.com
समाचारस्थानिय

स्वतन्त्र उम्मेदवार जयसवालले दिए चुनावी कार्यक्रममा तिब्रता

वीरगंज २६ कात्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका प्रमोद जयसवालले आफ्नो चुनावी कार्यक्रमलाई तिब्रता दिनु भएको छ ।

जयसवालले पाएको चुनाव चिन्ह “कोभी” छापमा मतदाताहरुलाई मतदान गर्न आग्रह गर्दै दिनहुँ घरदैलो तथा चुनावी सभाहरु गरिरहनु भएको जनाईएको छ । उनको चुनावी कार्यक्रममा जनसमर्थन पनि त्यतिकै बढदै गएको पाईन्छ । जयसवालले आज पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने देकुली, धर्मपुर, रामपुर, भाथा, चापी लगायतका स्थानहरुमा घरदैलो तथा झाखरा र जमुनियामा सभाको आयोजना गरी आफ्नो चुनाव चिन्ह कोभी छापमा मतदात गरी भारी मतले जिताउन आग्रह गर्नु भएको छ ।

झाखरा र जमुनियामा गरिएको सभामा सयौंको सहभागीता रहेको थियो । सभालाई सम्बोधन गर्दै जयसवालले आफु निर्वाचन भए पश्चात भ्रष्टाचारलाई अन्तय गर्ने, जनताको हरेक दुःख सुखमा साथ दिने, स्वास्थ्य, शिक्षा, कृषि, सिंचाई, स्वास्थ्य, शिक्षामा सुधार गर्ने, मलखादको व्यवस्था गर्ने, आधुनिक किसिमको भौतिक पूर्वाधार निमार्ण गर्ने, बेरोजगारी समस्या समाधान गर्ने लगायतका कार्यहरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

पर्सा क्षेत्र नम्बर ३ को लागि स्वतन्त्र उम्मेदवार जयसवाल स्वच्छ छबि भएका कारण यसपालिको निर्वाचनमा मतदाताहरुले मत दिएर जिताउने आश्वासन समेत पाईरहेको जनाईएको छ ।

Related posts

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

hamronepaldainik

खेलले युवाहरुको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्छ – नेता पटेल

hamronepaldainik

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

hamronepaldainik
HamroNepalDainik