HamroNepalDainik.com
समाचारस्थानिय

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

वीरगन्ज (पर्सा), ९ जेठ /

स्थानीय तह निर्वाचन २०७९ मा पालिका प्रमुखमा निर्वाचित भएका पर्सा जिल्लाका १३ पालिकाका जनप्रतिनिधिहरुले सोमबार सपथग्रहण गरेका छन् ।

जिल्ला समन्वय समिति पर्सामा आयोजित सपथग्रहण समारोहमा पर्साका ३ वटा नगरपालिका तथा १० वटा गाउँपालिका प्रमुखले सपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा पर्साका प्रमुख निर्वाचन अधिकृत माननीय न्यायधीश धर्मराज पौडलले नवनिर्वाचित पालिका प्रमुखहरुलाई शपथ ग्रहण गराएका थिए ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत पौडेलले नव निर्वाचित जनप्रतिनिधिहरुले अब आगामी दिनमा राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था आएको बताए । उनले यहाँहरु स्थानीय सरकार संचालनको नेतृत्वदायी भूमिकामा निर्वाचित भएर आउनु भएको छ, मुलुकमा संघीयता लागु भइसकेपछिको अवस्थामा यहाँहरु निर्वाचित भएर राजनीति संविधानवाद पार गरि कानूनी संविधानवादको चरणमा प्रवेश गर्नुभएकोले राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था रहेको बताए ।

स्थानीय सरकारले पनि संविधान अनुसार कानून बनाउने जिम्मेवारी पाएको छ, र ति कानूनहरु संविधानसँग नबाझिने, संघीयसँग नबाझिने गरि कानून बनाई स्थानीय सरकारलाई सही तरिकाले संचालन गर्नुहोला, यहाँहरुले जनतासामु गरेका बाचाहरु पुरा गर्न सफल हुनुहोस् भन्दै ५ वर्षे कार्यकालको शुभकामना समेत दिएका थिए ।

नव निर्वाचित पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन प्रसाद चौहान, पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेली,  विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी,  सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, , पकाहामैनपुर गाँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहता, कालिकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, धोबीनी गाँउपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी तथा ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले सपथग्रहण गरेका थिए ।

शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का, नेपाली सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानि जयराम थापा, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Related posts

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

hamronepaldainik

पाेखरियामा नेवि संघकाे समिति गठन

hamronepaldainik

पटेर्वा सुगौलीमा किसानहरुलाई कृषि सामाग्री वितरण

hamronepaldainik
HamroNepalDainik