HamroNepalDainik.com
समाचार

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३९ हजार ९ सय ७५ रुपैयाँ हाल रहेको थियो । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ कायम थियो । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ तलब थियो ।

सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ थियो । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ कायम भएका थियो । मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ रहेको थियो ।

Related posts

थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

hamronepaldainik

सिफारिस विपरीत सरकार ससर्त अनुदानमा केन्द्रित, वित्त आयोग असन्तुष्ट

hamronepaldainik

पर्सागढी–३ झावराहामा एमाले उम्मेदवार रिमा यादवको घरदैलो अभियान

hamronepaldainik
HamroNepalDainik