HamroNepalDainik.com
समाचार

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३९ हजार ९ सय ७५ रुपैयाँ हाल रहेको थियो । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ कायम थियो । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ तलब थियो ।

सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ थियो । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ कायम भएका थियो । मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ रहेको थियो ।

Related posts

विश्व प्रसिद्ध महागढीमाई मन्दिरको भेटि अब नगरपालिकाले व्यवस्थापन गर्ने

hamronepaldainik

बाँसखर्कको लोकप्रिय सुन्तला व्यावसायिक उत्पादनका लागि उन्मोचित

hamronepaldainik

श्रीलंकासहित ३२ मुलुकमा भेटियो ओमिक्रोन भेरियन्ट

hamronepaldainik
HamroNepalDainik