HamroNepalDainik.com
समाचार

थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

२३ पुस,

नेपालमा थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । नेपालमा पनि ओमिक्रोन संक्रमणको जोखिम दिनहुँ बढ्दै गएको हुनाले २४ थपिँदा जम्मा २७ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो ।
२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
‘पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,  मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related posts

नेपाललाई श्रीलंकासँग तुलना गर्ने अवस्था आएको भन्दै अध्यक्ष डा. गुप्ताद्वारा चिन्ता

hamronepaldainik

सनराईज बैँक बिन्दवासिनी शाखा द्वारा विद्यालयलाई फर्निचर सहयाेग

hamronepaldainik

आयल निगम ६ वर्षपछि घाटामा

hamronepaldainik
HamroNepalDainik