HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

पोखरियामा नापी तथा मालपोत कार्यालयको उद्घाटन सम्पन्न

pokhariya

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय सञ्चालनमा आएको छ । योसँगै पोखरिया र त्यस भेगका नागरिकको लामो समयदेखिको मागको सम्बोधन भएको छ ।

पोखरिया नगरपालिकामा बिहिवार आयोजित एक समारोहका बीच भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन् । उनले कार्यालयको उद्घाटन गर्दै ग्रामिण भेगका नागरिकलाई अब सहजता हुने विश्वास व्यक्त गरे । समय र पैँसा दुबै जोगिने बताउँदै उनले पोखरियाकै कार्यालयबाट सबै किसिमका सेवा उपलब्ध गराउने जानकारी गराए ।

पोखरियामा रहेको उक्त कार्यालयबाट पोखरिया नगरपालिका, छिपहरमाइ गाउँपालिका,कालिकामाइ,पकहाँ मैनपुर गाउँपालिका,बिन्दवासिनी गाउँपालिका,धोबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका गरी सात वटा पालिकाको जग्गा जमिनसम्बन्धी कार्य हुनेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफुले चुनावको बेला गरेका प्रतिबद्धतालाई पुरा गरीरहेको बताए । पोखरियामा नापी र मालपोत कार्यालय ल्याउने आफुले चुनावको बेला गरेको बाचालाई पुरा गरेको उनको भनाई थियो । योसँगै उनले ईलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरीरहेको बताए । साथै पोखरियालाई करोडौका योजना दिने उद्घोष पनि उनले गरे ।

यसअघि नै भारत सरकारको सहयोगमा आफुले ३५ करोडको योजना दिएको बताउँदै अब केही दिनमा आफु चिन जाने र त्याहाँबाट पनि ४० देखि ५० करोडसम्मको योजना पोखरिया नगरपालिकालाई दिने उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘हुन त मैले सम्हालेको मन्त्रालय विकास गर्ने मन्त्रालय हैन, तर पनि आफ्नो गाउँठाउँको विकासका लागि मैले सकेसम्म प्रयास गरीरहेको छु । ३५ करोडको योजना दिएको छु । यस्तै पोखरिया नगरपालिकामा ३ वटा सडकको योजना पनि दिएको छु । केही दिनमा चिन जाँदैछु, त्याहाँबाट पनि ४०÷५० करोडसम्मको योजना दिन्छु ।’

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशकै युवा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, प्रदेश सभा सदस्यद्वय श्याम पटेल, बिना शर्मा, पूर्व सांसद बिचारी यादव, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, हरिनारायण रौनियार,
पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान लगायतको उपस्थिती रहेको थियो ।

Related posts

पटेर्वा सुगौलीमा किसानहरुलाई कृषि सामाग्री वितरण

hamronepaldainik

त्रिवेणी स्पिनिङ्ग मिल्स उद्योगमा मजदुर र प्रहरीबीच झडप

hamronepaldainik

आम सञ्चार प्रवद्र्धन तथा लाेक कल्याणकारी विज्ञापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik