HamroNepalDainik.com
समाचार

डेंगु संक्रमणबाट २१ जनाको मृत्यु , मधेश प्रदेशमा २ सय ७ संक्रमित

काठमाडौँ । नेपालमा १७ हजार ५९४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १६ हजार ५ सय ८७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १२ हजार ९ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा २ हजा ६ सय ४३, प्रदेश १ मा ५ सय ६०, सुदूरपश्चिममा ५ सय ६७, गण्डकीमा ४ सय ९, मधेश प्रदेशमा २ सय ७, कर्णालमा २ सय ६१ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २१ जनाले ज्यान गुमाएका छन् ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

hamronepaldainik

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा पहिलो चरणको नतिजा सार्वजनिक

hamronepaldainik

१५ केजी चरेशसहित पटेर्वासुगौलीका २ जना पक्राउ

hamronepaldainik
HamroNepalDainik