HamroNepalDainik.com
समाचार

हावाटंकी बिस्फोट हुँदा १ जानाको मृत्यु १ घाइते

दिपेस कुमार ।

रौतहटको प्रसिद्ध कटहरिया बजारमा हावा टंकी बिस्फोट हुँदा १ जानाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको छ । मृत्यु हुनेमा मोटरसाइकल वर्कशाप संचालक कटहरिया ५ का गोबरी मियांको छोरा २० का समसुल मियां रहेको छ। पड्केको हावा टंकिको एउटा भाग उछिटेर समसुलको टाउको लागेर गहिरो घाउ खत बनेको थियो ।

समसुलको टाउकोको गिद्वी समेत फुटेको छ ।अचेत अवस्थामा रहेका समसुल मियांलाई स्थानीय होस्पिटल जीवन ज्योति होस्पिटल मा उपचार हुन नसके पछि तत्कालै एम्बुलेन्स बाट उपचारको लागि बिरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।हावा टंकिकै फुटेको भाग उछिटेर समसुल संगै मा बसिरहेका स्थानीय बर्ष २५ का जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय हॉस्पिटल मा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

हावा टंकीको उछिटेको एउटा टुक्राले लागेर केहिपर रहेको बिधुतको तार समेत चुंडिएकाले त्यसको गतिको सहजै अनुमान गर्न सकिन्छ । उछिटेको उक्त टयांकिको टुक्रा झन्डै १०० मिटर पर भेटेको स्थानीय रामचन्द्र गोसाइँले बताएका छन । उक्त टुक्रा संगै गिद्विको साना साना बुन्दाहरु समेत देखिएको छ । वर्कशाप संचालक समसुल मियांले पम्पसेट चलाएर हावा टंकिमा हावा भरिरहेको क्रममा पड्केकोले हावा बढी भएर घटना भएको स्थानीयको अनुमान रहेको छ । घटना बारे थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

Related posts

पाेखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै प्रदर्शन

hamronepaldainik

एसिया प्यासिफिक विकास परिषदको अफिसरमा वीरगन्ज जेसीजका अध्यक्ष चौरसिया नियुक्त

hamronepaldainik

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैठक सम्पन्न

hamronepaldainik
HamroNepalDainik