HamroNepalDainik.com
समाचारस्थानिय

ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

वीरगंज १३ जेठ ।
ज्येष्ठ नागरिक संघ पर्सा, वीरगंज–१६ को आयोजनामा शनिवार निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ स्थित श्री नेपाल राष्ट्रिय मावि नगवाको प्राङ्गणमा आयोजित सो शिविरमा नगवा, भिस्वा, ईनर्वा, मुसहर्वा लगायतका गाउँका करिब दुई सय भन्दा बढी सर्वसाधारणहरु स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए । सो शिविरमा दम, मुटु, मधुमेह, थाईराईड, उच्च रक्तचाप, हाड जोर्नी तथा नशा लगायतका विभिन्न रोगहरुको डा. उदय नरायण सिंह, हाडजोर्नी तथा नशा रोग विशेषत्र डा. दिलिप चौरसिया, जेनरल फिजिसियन डा. राम किशोर सिंह, डा. दिपक चौरसिया, डा. राहुल चौरसिया, डा. राकेश चौरसिया लगायतको टिमले स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा स्वास्थ्य परीक्षण पछि निःशुल्क औषधी समेत वितरण गरिएको शिविरमा सहभागी डा. दिपक चौरसियाले बताए ।
ज्येष्ठ नागरिक संघ वीरगंज–१६ पर्साका अध्यक्ष विश्वनाथ प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष पशुराम चौरसिया, त्यसैगरी नागेन्द्र चौरसिया, जगदीश यादव, कासी चौरसिया लगायत स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

Related posts

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik

त्रिभुवन विमानस्थलमा अनलाइन भुक्तानीको ‘भर छैन’, नगद बोकेर आउन पर्यटकलाई आग्रह

hamronepaldainik

लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

hamronepaldainik
HamroNepalDainik