HamroNepalDainik.com
समाचारस्थानिय

बारामा एक जना महिला माथी एसिड प्रहार

बारा चैत ११ गते ,

बारामा एसिड प्रहारबाट एकजना महिला घाइते भएकी छन् । बारा जिल्लाको कलैया वीरगन्ज सडकखण्ड अन्तर्गत पर्ने कोइरिया टोला नजिकै एसिड प्रहार हुँदा वीरगन्ज महानगपालिका वडा नं. ११ श्रीपुर बस्ने उमेश साहको श्रीमती २७ वर्षीय सीता पटेल घाइते भएकी हुन् ।
शुक्रबार बेलुकी करिब ८ बजेको समयमा माइती कलैया जाने क्रममा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २३ कोइरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । एसिड प्रहारबाट उनको शरीर पोलेको छ । वीरगन्जबाट माइती घर कलैया जाने क्रममा जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको उनले आरोप लगाएकी छन् ।
ना.६० प ७२७९ नं. को स्कुटी आएका उनीहरुले सीतामाथि एसिड प्रहार गरि भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको  जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रबक्ता  राजेश थापले बताए ।

Related posts

वीरगंज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

hamronepaldainik

छिपहरमाई गाउँपालिकाकामा शिक्षकहरु द्वारा तालाबन्दी

hamronepaldainik

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ ः मेयर सिंह

hamronepaldainik
HamroNepalDainik