HamroNepalDainik.com
समाचार

वडाध्यक्ष गौरोद्वारा छात्राहरुको लागि सेनेटरी प्याड वितरण

वीरगन्ज (पर्सा), २ माघ

पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ वडा कार्यालयले छात्राहरुको लागि २ सय थान सेनेटरी प्याड वितरण गरेको छ । नगरपालिकाको वडा नं. ९ स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडेर्वाका प्रधानाध्यापक चेतमन प्रसाद दासलाई वडाध्यक्ष रामनारायण प्रसाद गौरोले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

बढ्दो चिसोको बेला छात्राहरुलाई महिनावारी आएपछि विद्यालय आउनमा समस्या हुने गरेकोलाई मध्यनजर गर्दै कक्षा ८ देखि १० सम्मका छात्राहरुको लागि उक्त सेनेटरी प्याड वितरण गरिएको वडाध्यक्ष रामनारायण गौरोले जानकारी दिए ।

वडाध्यक्ष गौरोका अनुसार महिनावारीको कारण चिसोको समयमा विद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेकोले त्यसलाई मध्यनजर गर्दै छात्राहरुको अध्ययनमा प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरिएको बताए । ग्रामीण भेगका कतिपय छात्राहरुको गरिबी अवस्थाका कारण सेनेटरी प्याड किन्न नसक्ने भएकोले तिनीहरुले घरमा पनि लैजान पाउने उद्देश्यले वितरण गरिएको र पुनः चाहिएको अवस्थामा अझै उपलब्ध गराईने उनको भनाई छ ।

Related posts

भारतीय स्वतन्त्रतामा नेपालको योगदानको चर्चा, नेपाली पत्रकार टोलीलाई भारतमा ठाउँठाउँमा स्वागत

hamronepaldainik

पार्टीका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार जयसवाल नै सक्षम रहेकोले उनको जित निश्चित

hamronepaldainik

जिराभवानी गाँउपालिकाले ल्यायो ३४ करोड ८० लाख रुपैयाको बजेट

hamronepaldainik
HamroNepalDainik