HamroNepalDainik.com
समाचारस्थानिय

जिराभवानी गाँउपालिकाले ल्यायो ३४ करोड ८० लाख रुपैयाको बजेट

वीरगंज । पर्साको जिराभवानी गाँउपालिकाको १२ औं गाउँ सभाबाट पारित आ.व. २०८०/०८१ काे नीति, कार्यक्रम तथा बजेट आइतबार सार्वजनिक गरिएकाे छ । गाउँपालिका वडा नं. ३ स्थित बरात भवनमा भएकाे कार्यक्रममा गाँउपालिका अध्यक्ष अनोज चौधरीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३४ करोड ८० लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीले राजनितिकर्मीको निति लिएर बिकास कार्यक्रम गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए । उनले बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने बताए ।

अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गरेका थिइन । आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रममा जिराभवानी गाँउपालिकाले शिक्षा, कृषि, स्वास्थ्यलाई मूख्य प्राथमिकतामा राखिएकाे जनाएकाे छ ।

गाउँपालिकाले एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए । बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी गुणस्तर शिक्षा प्रदान गरिने निति यस बर्ष रहेकाे उनले जनाए ।

यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति तथा कार्यक्रममा समेटिएकाे छ । साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने याेजना रहेकाे छ ।

यसका अलावा पालिका भित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दाया बाया रहेका एलानी जग्गामा बृक्षारोपण गरिने जनाइएकाे छ । अगामी बर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी, लेखा प्रमुख मुकेश मिश्रा लगायतकाे उपस्थिति रहेका थियाे ।

Related posts

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

hamronepaldainik

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

hamronepaldainik

हिमालयन बैंकले गरिब तथा निमुखा वर्गहरुलाई टि–शर्ट वितरण गर्दै

hamronepaldainik
HamroNepalDainik