HamroNepalDainik.com
समाचारस्थानिय

जसपाले सांसद यादवलाई केन्द्रबाट हटायो

बिरगंज पर्सा ,

जनता समाजवादी पार्टीले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाएको छ। पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै यादवलाई कारबाही गरिएको केन्द्रीय सदस्य प्रमोद साहले बताए।

काठमाण्डौमा ४ दिन देखी चलेको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवलाई पार्टीको केन्द्रीय कमिटीबाट निष्काशन गरेको छ ।

पार्टीको हित बिपरित कार्यमा संलग्न रहेको पाइएकोले यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिनु भयो ।मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीविरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको थियो । सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो ।

गठबन्धन सरकारको मंत्रीमण्डल बिस्तारमा जसपाबाट मंत्रीमा आफनो नाम समावेश नगरिए पछि यादवले बिभिन्न संचार माध्यम मार्फत पार्टी नेतृत्व बिरुद्ध अभिब्यक्ति दिएका थिए ।

 

Related posts

बिरगंज -१६ मा कृषि बजारकाे निर्माण कार्य सुरु, सांसद यादवले गरे शिलान्यास

hamronepaldainik

जगरनाथको चौथो अध्यक्ष कप–२०८२ को उपाधि जागृत युवा क्लबलाई

hamronepaldainik

थप ३९१ जनामा कोरोना संक्रमण, ६८० जना संक्रमणमुक्त

hamronepaldainik
HamroNepalDainik