HamroNepalDainik.com
समाचार

वडाध्यक्ष गौरोद्वारा छात्राहरुको लागि सेनेटरी प्याड वितरण

वीरगन्ज (पर्सा), २ माघ

पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ वडा कार्यालयले छात्राहरुको लागि २ सय थान सेनेटरी प्याड वितरण गरेको छ । नगरपालिकाको वडा नं. ९ स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडेर्वाका प्रधानाध्यापक चेतमन प्रसाद दासलाई वडाध्यक्ष रामनारायण प्रसाद गौरोले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

बढ्दो चिसोको बेला छात्राहरुलाई महिनावारी आएपछि विद्यालय आउनमा समस्या हुने गरेकोलाई मध्यनजर गर्दै कक्षा ८ देखि १० सम्मका छात्राहरुको लागि उक्त सेनेटरी प्याड वितरण गरिएको वडाध्यक्ष रामनारायण गौरोले जानकारी दिए ।

वडाध्यक्ष गौरोका अनुसार महिनावारीको कारण चिसोको समयमा विद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेकोले त्यसलाई मध्यनजर गर्दै छात्राहरुको अध्ययनमा प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरिएको बताए । ग्रामीण भेगका कतिपय छात्राहरुको गरिबी अवस्थाका कारण सेनेटरी प्याड किन्न नसक्ने भएकोले तिनीहरुले घरमा पनि लैजान पाउने उद्देश्यले वितरण गरिएको र पुनः चाहिएको अवस्थामा अझै उपलब्ध गराईने उनको भनाई छ ।

Related posts

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

hamronepaldainik

प्याब्सन वीरगंजको आयोजनामा शनिवार देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

hamronepaldainik

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जमा प्रदर्शन

hamronepaldainik
HamroNepalDainik