HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाईमा प्रथम उपाध्यक्ष क्रिकेट टुर्नामेन्ट सुरु,उपाध्यक्ष बरैनी द्वारा उदघाटन

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको आयोजनामा प्रथम उपाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट शनिवार देखि सुरु भएको छ ।
सो खेलको उदघाटन गर्दै प्रमुख अतिथि कालिकामाई गाउँपालिकाका उपाध्यक्ष राजमती बरैनीले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरिन । उनले खेलाडी देशको गहना भएको वताउँदै खेलाडी जहिले पनि अनुशासित हुनु पर्ने बताईन ।

कालिकामाई क्रिकेट कल्बका अध्यक्ष बुलेट पटेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कालिकामाई गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अजय कुमार पटेल, कालिकामाई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लालबाबु राउत बरै, वडा नं. २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं. ३ का अध्यक्ष संजय पटेल, वडा नं. ४ का अध्यक्ष संजय साह गोड, डा. सुरेन्द्र चौरसिया, प्रभु साह तेली, रामासिस प्रसाद, राधकिसुन चौरसिया, शिवशंकर चौरसिया, स्थानीय, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

Related posts

प्लान स्टार सानो संसारद्धारा सञ्चालित साबुन बनाउने तालिम सम्पन्न

hamronepaldainik

३ दिने हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम लहानमा शुरु

hamronepaldainik

काेराेना संक्रमणबाट पाेखरियाका युवककाे मृत्यु

hamronepaldainik
HamroNepalDainik