HamroNepalDainik.com
समाचारस्थानिय

पार्टीका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार जयसवाल नै सक्षम रहेकोले उनको जित निश्चित

वीरगंज ०१ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका प्रमोद जयसवाल आफ्नो क्षेत्रमा लोकप्रिय बन्दै गएका छन् । उनले गर्ने हरेक चुनावी गतिविधिमा सयौं सर्वसाधराणको उपस्थिति देख्दा उनको जित निश्चित रहेको आंकलन हुन थालेको छ । जयसवालले पाएको चुनाव चिन्ह “कोभी” छापको पर्चा, पम्पलेट र व्यानर लिएर सर्वसाधारणहरु आफै मत मागिरहेको देख्दा पार्टीका उम्मेदवारहरुमा तरङ्ग नै पैदा भएको बुझिएको छ । जयसवालले पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने देकुली, धर्मपुर, रामपुर, भाथा, चापी, बलुवा, सोलखपुर लगायतका स्थानहरुमा चुनावी सभा गर्दा जनसागर नै ओर्लिएको थियो । उनको चुनावी कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु पनि सहभागी भईरहेकोले योपालिको चुनाव जयसवालले नै जित्ने देखिदै छ । सभालाई सम्बोधन गर्दै जयसवालले आफु निर्वाचन भए पश्चात भ्रष्टाचारलाई अन्य गर्ने, जनताको हरेक दुःख सुखमा साथ दिने, स्वास्थ्य, शिक्षा, कृषि, सिंचाई, स्वास्थ्य, शिक्षामा सुधार गर्ने, मलखादको व्यवस्था गर्ने, आधुनिक किसिमको भौतिक पूर्वाधार निमार्ण गर्ने, बेरोजगारी समस्या समाधान गर्ने लगायतका कार्यहरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । पर्सा क्षेत्र नम्बर ३ को लागि स्वतन्त्र उम्मेदवार जयसवाल ईमान्दार, स्वच्छ छबि भएका कारण यसपालिको निर्वाचनमा मतदाताहरुले अत्याधिक मत दिएर जिताउने बताईरहेका छन् । स्वतन्त्र उम्मेदवार जयसवालले मतदाताहरु बची गरेको वाचा एवं प्रतिबद्धताहरु पनि जनता संग प्रत्यक्ष सरोकार भएका एजेण्डाहरु रहेकोले पनि उनी जनताबीच लोकप्रिय भएको बुझिन्छ ।

Related posts

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाका प्रमुख साहको नेतृत्ववमा खुल्लम खुल्ला भ्रष्टाचार

hamronepaldainik

WORLDCUP T-20: श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

hamronepaldainik

सान्भी फाउन्डेसनद्धारा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik