HamroNepalDainik.com
राजनीतिसमाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं को टोल कमिटी गठन

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा इकाई कमिटी को बैठक सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका वडा नं १७ अलौं को साबिक वडा नं १ सिवान टोल मा राष्ट्रिय प्रजातन्त्र पार्टी को बैठक टोल का राजु कुमार पटेल को अध्यक्षमा बैठक भएको थियो भने उत्क बैठक को प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं का वडा इकाई सभापति छठु साह कानु को उपस्थिति मा भएको थियो।

साथै उत्क बसेको बैठक बाट राजु कुमार पटेल को अध्यक्षमा ९ सदस्य टोल इकाई कमिटी गठन गरिएको छ।उत्क टोल इकाई कमिटी को उपाध्यक्षमा पिताम्बर पटेल, कोषाध्यक्षमा सागर कुमार पटेल, सचिवमा धिरज कुमार, सह-सचिव मा संदिप कुमार, सदस्यहरु मा बिसाल साह, मनमोहन माली, लगायत का सदस्यहरू रहेका छन्।

टोल इकाई कमिटी गठन का पदाधिकारीहरु लाइ पार्टी का प्रमुख अतिथि छठु साह कानु ले शुभकामना संदेश दिदै पार्टी प्रती इमान्दारी पूर्वक काम गर्न र अरु कुनै पार्टी को धाकधम्की सँग नडेराइकन काम गर्न आस्वासन दिएका थिए र अब नेपालमा छिटै हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्र हुने ठोकुवा पनि गर्नु भएको छ । साथै बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला सदस्य तथा वडा इकाई कमिटी का सल्लाहकार देबेन्द्र ढुंगाना ले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र ले देश लाई निकास दिन नसकेको ले अब एक मात्र विकल्प नेपाल मा सवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र को आवस्यकता रहेको प्रकास पारे थिए । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी ले स्थापना गरेर नै छोडने समेत अभिव्यक्ति दिएका छन्। त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित तर्फ को केन्द्रिय सदस्य उमेश कुमार राम ले टोल टोल , गाउँ गाउँ , नगर क्षेत्र, जिल्ला जिल्ला मा राष्ट्रिय प्रजातन्त्र पार्टी को प्रचार प्रसार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी को गठन मा लागेको साथै आफनो धर्म र नेपाल लाइ बचाउन राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ सहयोग गर्न आग्रह समेत गरेका थिए। साथै बिभिन्न ब्यत्किहरु ले आफ्नो अभिव्यक्ति राखेका थिए।

Related posts

सशस्त्र प्रहरी द्वारा लागु औषध सहित २ जना पक्राउ

hamronepaldainik

वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीको आक्रमणबाट एक सुरक्षाकर्मी घाइते

hamronepaldainik

उम्मेदवार डंगोलप्रति जनलहर बढ्दै, स्वास्थ्य, शिक्षा तथा रोजगारी पहिलो प्राथमिकता : डंगोल

hamronepaldainik
HamroNepalDainik