HamroNepalDainik.com
प्रदेशसमाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी, १४ वैशाख (रासस) ः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।

कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गर्नुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Related posts

संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

hamronepaldainik

त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो

hamronepaldainik

टेम्पोहरुले क्षमताभन्दा बढी यात्रु बोक्न नछाडेपछि रुट पर्मिट चेकजाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन

hamronepaldainik
HamroNepalDainik