HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी फस्टाउदै

वीरगंज । पर्सा जिल्लाकाे बिभिन्न सिमा नाकाबाट तसकरी फस्टाएको छ । वीरगंज सहित बिभिन्न ग्रामिण भेगकाे अधिकांश नाकाहरुबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सिमा क्षेत्र मा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमा क्षेत्रमा अहिले व्यापक तस्करी बढेको हाे । सथानियहरुका अनुसार पर्सामा नयाँ प्रहरी प्रमुखमा रमेश कुमार बस्नेत आएपनि तस्करीको समान रोक्नुको साटो झन तस्करी फस्टाएको देखिन्छ ।

सिमामा क्षेत्रमा खटिने सस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्ज तथा जिल्ला प्रहरी कार्यलय पर्साकाे क्राइम शाखा र सदा पोशाकका प्रहरीसंगकाे सेटिङमा तस्करीकाे लाइन खुलेकाे हाे ।

पर्साको सिमावर्ती वीरगंजकाे इनार्वा, श्रीसिया, अलाैं, विन्दवासिनीकाे झाैवा, इटियाही, अमरपटी, प्रसाैनी भाठा, पकहा मैनपुरकाे धाेरे, खेस्राहा, जगरनाथपुरकाे जानकीटोला, दसौता, पाडेपुर, छिपहरमाईकाे भिस्वा, भलुवहिया, मिर्जापुर, टिहुकी, चारगाहा लगायतकाे नाका भएर तस्करी फस्टाएको स्थानियहरुले वताएका छन् ।

भारतीय बजार रक्साैल, भेलाही, सिकटा, मैनाटार, इनार्वा, प्रसुतीपुर बजारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी कै मिलोमतोमा कपडा, हार्डवेयरकाे सामान, कस्टमेटिक, रजनीगन्धा, राजनिवास, सुर्ती, चिनी, अण्डा, तेल, भाडाकुडा, कुखुराका चल्ला लगायतका भारतिय समानहरु नेपाल भित्री रहेका छन् ।

त्यसैगरि नेपालबाट भारत तर्फ डिजेल, पेट्रोल, केराउ, माेटर, सुपाडी, रक्सी, कबाडकाे सामान, ड्राम, युनिलिबर कम्पनीका कस्टमेटिक समान भरततर्फ निकासी भईरहेको छ । यस मध्ये सब भन्दा बढी पेट्राैलियम पदार्थकाे तस्करी भारत तर्फ भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । विशेष गरेर सांझ र विहानकाे समयमा तस्करी भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

Related posts

स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालको घरदैलोमा दिन प्रतिदिन जनलहर बढ्दै

hamronepaldainik

वीरगंज नगर सभागृहका संचालक राजनीतिक आडमा समझदारी पत्रको उलंघन गर्दै

hamronepaldainik

प्रदेश २ को नाम र राजधानीका लागि जसपा र लोसपाले बनाए समिति

hamronepaldainik
HamroNepalDainik