HamroNepalDainik.com
समाचार

चलचित्र हलको परिसर भित्र (MRP) भन्दा बढी मूल्यमा पानी तथा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौँ । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ

Related posts

वीउवासंघको ४७ औं वार्षिक साधरणसभा सम्पन्न

hamronepaldainik

नारायणी अस्पतालको आन्दोलनमा नेविसंघ पर्साको समर्थन

hamronepaldainik

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाका प्रमुख साहको नेतृत्ववमा खुल्लम खुल्ला भ्रष्टाचार

hamronepaldainik
HamroNepalDainik