HamroNepalDainik.com
राजनीतिसमाचार

छठका व्रतालुहरुलाई सासंद यादवद्वारा साड़ी वितरण

वीरगंज । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले साेमबार छठ पर्वको उपलक्ष्यमा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका छन् ।

सांसद यादवले आफ्नो संसदीय निर्वाचन क्षेत्र न.१ अन्तर्गत पर्ने वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका हुन् । हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरुलाई साड़ी र पिठो वितरण गरिएको सांसद यादवले बताए ।

सांसद यादवले छठ पर्वले देशमा शान्ति एवम् समृद्धिको बाटोमा अग्रसर होस भन्ने कामना गरेका थिए । छठ पर्व गर्नाले दु:ख दरिद्रता नास हुने विश्वास रहिआएको सुनिदै आएकोमा यस वर्षको छठ पर्वले माता छठिले देश र समाजको उन्नतिको लागी प्राथना समेत गरेको बताए ।

हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो । सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि मधेस फ़ाउन्डेशन नेपालको सहयोगमा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गरेको सांसद यादवले जानकारी दिए ।

छठपर्वको शुभकामना दिनुहुदैँ उहाँले आफ्नो क्षेत्रका प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउँदा आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताए । सांसद यादवले आवश्यकता अनुसार साडी र पिठो बितरण भएको भन्दै ब्रतालुहरुलाई सुधता र आस्था का साथ मनाईने यस पर्वको विशेष महत्व रहेकोले विपिन र असहाय व्रतालुहरुलाई ठुलो राहत हुने र ख़ुशी साथ पर्व मनाउन सक्ने विश्वास भएको बताए ।

वीरगंज महानगरपालिकाको वडा नं.५,१६ को कुमहाल टोल, जेल रोड, घुसुकपुर, नगवा, शिव टोल लगायतको विभिन्न ठाउँमा आयोजित सो कार्यक्रममा ८०० साड़ी र पिठो वितरण गरिएको सांसद यादवका स्वकिय सचिव निखिल बरनवालले बताए ।

Related posts

वीरगन्ज महानगरमा ई–रिक्साहरु व्यवस्थित नहुँदा दिनहुँ ट्राफिक जामको समस्या

hamronepaldainik

सालोम सेकेन्ड्री स्कूलको बार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

hamronepaldainik

नेपालका लागी नेपाली पार्टीको रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्त दान

hamronepaldainik
HamroNepalDainik