HamroNepalDainik.com
राजनीति

जिराभवानीकाे वडा नं. २ मा निर्मित वडा कार्यालय भवनकाे उद्घाटन

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. २ मा निर्माण भएकाे वडा कार्यालय भवनकाे बुधबार उद्घाटन गरिएकाे छ ।वडा कार्यालय भवनकाे एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष रामप्रित महताेले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष महताेले भवन निर्माणबाट वडा कार्यालय संचालनमा सहज हुने वताए । उनले लामाे समयदेखी भवन अभावमा वडा कार्यालय संचालनमा हुँदै आएकाे समस्या भवन निर्माणले समाधान हुने वताए ।

आर्थिक बर्ष २०७४/०७५ र २०७७/०७८ काे याेजना अन्तर्गत निर्माण वडा कार्यालय भवनकाे निर्माण कार्य सम्पन्न भएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

३ वटा काेठा, एउटा तालिम हल र एउटा सधारण हल भएकाे एक तल्ले भवन निर्माण भएकाे प्रमुख प्रशासकिय अधिकृत मेहताले जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुनी, वडाध्यक्ष महादेव महताे थारु, वडा सदस्य नन्दकिशाेर प्रसाद कानु, शंकर पटवारी, श्रीकान्ती देबी, सहुत देवी, गाउँपालिकाका कर्मचारी सराेज दास, उपेरन्द्र चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

hamronepaldainik

नेकपा एस निकट प्रगतिशिल शिक्षक संगठन पर्सा गठन

hamronepaldainik

नेकपा (एकिकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे सपथ ग्रहण

hamronepaldainik
HamroNepalDainik