HamroNepalDainik.com
समाचार

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौँ, ६ कात्तिकः सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ । (रासस)

Related posts

कालिकामाई गाउँपालिकाको ९ औं गाउँसभा : ३० करोड ९१ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik

नेपाल स्काउट निमाविद्धारा रक्तदान कार्यक्रमको आयोजना, २७ जनाले गरे रक्तदान

hamronepaldainik

विन्दवासिनी गा.पा.–३ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik