HamroNepalDainik.com
समाचार

बहुदरमाईमा जलाउँदै गरेको एक किशोरीको शव बरामद

वीरगन्ज । १६ असार, पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैया स्थित शम्सानघाटमा जलाउदै गरेको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

विश्रामपुरका श्यामबाबु प्रसाद कलवारकी छोरी १४ वर्षिया महिमा कुमारीको शव , छपकैया स्थित शम्सानघाटमा बुधबार राति जलाउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

शव , पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । गोप्य रुपमा रातिको समयमा शव जलाउने मृतक बालिकाका बुबा , दाजुभाइ र आफन्तहरु फरार रहेका छन् । प्रहरीले मृतक किशोरीकी आमा, दिदी र ठूली आमालाइ नियन्त्रणमा लिएर राखेको छ । सोधपुछका लागि तीनै जनालाइ नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

Related posts

कालिकामाईमा प्रथम उपाध्यक्ष क्रिकेट टुर्नामेन्ट सुरु,उपाध्यक्ष बरैनी द्वारा उदघाटन

hamronepaldainik

सांसद विकास कोषको बजेट खर्च नगर्न सर्वोच्चको आदेश

hamronepaldainik

बिन्दबासिनीको कार्यपालिका चुनावमा कांग्रेसको जीत

hamronepaldainik
HamroNepalDainik