HamroNepalDainik.com
आर्थिकउधोगपर्यटनसमाचारस्थानिय

वीउवासंघका कर्मचारीहरु द्वारा अध्यक्ष तथा पदाधिकारीहरुको स्वागत

वीरगंज 19 चैत्र ।
वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अनिल अग्रवाल तथा पदाधिकारीहरुको संघका कर्मचारीहरुले आज एक कार्यक्रमका बिच विधिवत रुपमा स्वागत गरेको छ ।
स्वागतका क्रममा अध्यक्ष अग्रवालले कर्मचारीहरु्द्वारा गरिएको स्वागतको सराहना गर्दै आज देखी संघको क्रियाकलाप र सेवाग्रहीलाई दिने सेवा अझ सशक्त ढंगबाट अघि बढाउन सचिवालयलाई निर्देशन दिनु भएको थियो । उहाँले सचिवालयको भुमिका अत्यन्तै महत्वपुर्ण हुने भएकोले बर्तमान नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यहरु संगको सम्बन्ध प्रगाढ बनाउन तर्फ सबैपक्षको साझा दायित्व रहेको कुरामा जोड दिनु भयो । अध्यक्ष अग्रवालले वर्तमान प्रतिकुल परिस्थितीमा हाम्रो काँधमा आएको जिम्मेवारीलाई निष्ठा पुर्वक निर्वहन गर्ने बताउनुभयो । उहाँले उद्योग व्यापार, आयात निर्यात, कर भन्सार राजश्व, बैंक तथा बित्तिय संस्था लगायतका आर्थिक क्षेत्र संग सम्बन्धीत बिषयहरु संग जोेडिएका समस्याको निराकरणममा वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सकृय भुमिका रहने बताउनुुभयो ।
यसैगरी निवर्तमान अध्यक्ष डा.सुबोध कुमार गुप्ताले संघको दुई बर्षको अध्यक्षिय कार्यकालमा साथीहरुको सहयोगबाट संघको भुमिकालाई सघन बनाउने तथा संघको छबिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पहिचान दिलाउन सहयोग पु¥याउने तत्कालीक पदाधिकारी तथा कार्यसमिति सदस्यहरु प्रति अभार व्यक्त गर्दै सचिवालयका कर्मचारीहरुको भुमिका अत्यन्तै प्रशंसनिय रहेको बताउनु भयो । उहाँले मेरा अनन्य मित्र नवनिर्वाचित अध्यक्ष अनिल अग्रवाल लगायत पदाधिकारी, कार्यसमिति सदस्यहरुले हिजो भन्दा अझ सशक्त रुपमा संघको भुमिका विस्तार गर्नु हुने छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, महासचिव आशिष लाठ, सचिव सुशान्त चाचान, प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रुँगटा, सह–सचिव निरज अग्रवाल र नरेश कुमार अग्रवाललाई आज संघका कर्मचारीहरुले माला, खादा तथा टिका लगाई विधिवत रुपमा स्वागतका साथै नवनिर्वाचित अध्यक्ष अग्रवालबाट पुस्तिकामा हस्ताक्षर समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण वीगंज उद्योग वाणिज्य संघका प्रशासकिय अधिकृत मनोज उपाध्यायले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन सुनिल कण्ठले गर्नु भएको थियो ।

Related posts

हावाटंकी बिस्फोट हुँदा १ जानाको मृत्यु १ घाइते

hamronepaldainik

प्याब्सन पर्सा र वीरगंजद्धारा सामाजिक अध्ययन शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

hamronepaldainik

स्वतन्त्र उम्मेदवार जयसवाल को घरदैलो मा जनलहर बढ्दै

hamronepaldainik
HamroNepalDainik