HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

भारतमा डिसेम्बर १५ देखि शुरु हुने अन्तर्राष्ट्रिय उडान स्थगित

१५ मंसिर, काठमाडौं । भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ ।

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने मितिबारे उपयुक्त समयम जानकारी गराइने महानिर्देशनालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ’, महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ।’साभार  onlinekhabar

Related posts

हावाटंकी बिस्फोट हुँदा १ जानाको मृत्यु १ घाइते

hamronepaldainik

तस्करीको सामान सहित २ वटा ट्रक नियन्त्रणमा

hamronepaldainik

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

hamronepaldainik
HamroNepalDainik