HamroNepalDainik.com
Uncategorizedसमाचार

तस्करीको सामान सहित २ वटा ट्रक नियन्त्रणमा

वीरगन्ज, २३ चैत ।

सशस्त्र प्रहरी पर्साले वीरगंजबाट एकै दिन करिब डेढ करोड मुल्य बराबरको तस्करीको सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगन्जबाट मालसामान लिएर पथलैयातर्फ जाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नं. १४ गण्डक सडक खण्डबाट २ वटा ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले गण्डक चोक स्थितबाट ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको दुवै ट्रक रोकेर चेकजाँच गर्दा करिब डेढ करोड मूल्य बराबरको तस्करीको सामान फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साले जनाएको छ ।
चेकजाँचको क्रममा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापनपत्र नभएको मेडिकल उपकरण, औषधी र अन्य खुद्रा सामान गरि ९४ लाख ५३ हजार ५८ रुपैया मुल्य बराबरको सामान बरामद भएको थियो भने ना ७ ख ९४२ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र नभएको ५१ लाख ९२ हजार ६ सय १७ रुपैया मुल्यको कपडा र अन्य सामान फेला परेको थियो । दुवै ट्रकबाट एक करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैया मुल्यको सामान बरामद भएको थियो ।
बरामद सामन र दुवै ट्रकको २५÷२५ लाख गरि जम्मा एक करोड ९६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ मुल्यकाँन गरि आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बताइएको छ ।
यसैगरि सशस्त्र प्रहरीले माघ, फागुन र चैत गरि तीन महिनाको अवधिमा छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान बरामद बरामद गरेर आवश्यक कारवाहीको लागि वीरगन्ज स्थित भन्सार कार्यालयमा पठाएको जनाएको छ । २०७८ माघ महिनामा ६२ लाख ४७ हजार २ रुपैया, फागुन महिनामा एक करोड १४ लाख ३६ हजार १ सय ४७ रुपैया तथा चैत महिनामा ४ करोड ४३ लाख ६३ हजार ३ सय ७३ रुपैया गरि छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरि यि तीन महिनाको अवधिमा १११.५० केजी गाँजा, ४.८७० केजी चरेश, ३ केजी अफिम, १०० मिलीग्राम ब्राउनसुगर, ६ ट्याब्लेट डाइजोपाम, २ एम्पुल नुर्फिन, ६ एम्पुल फेनागरन, ७१८ एम्पुल नाइट्रोभेट सहित यस कार्यमा संलग्न २० जना व्यक्तिलाई पक्राउ गरि सम्बन्धित निकायलाई आवश्यक कारवाहीको लागि बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

त्यसैगरि कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने ७.६२ मि.मि. राउण्ड १ थान बरामद गरि जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाएको छ ।

Related posts

पर्सा चिकित्सक श्रीमती संघद्वारा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

hamronepaldainik

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय, अमेरिकालाई पत्र लेखेर जानकारी दिइने

hamronepaldainik

गौर हत्याकाण्डः न्यायको माग गर्दै पीडितको धर्ना पाँचौ दिन पनि जारी

hamronepaldainik
HamroNepalDainik