HamroNepalDainik.com
समाचारस्थानिय

वालिकालाई जबरजस्ती करणी गर्ने १ जना पक्राउ

बिरगंज पर्सा ,

वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.१ पिडारीगुठी बस्ने वर्ष २१ का अब्दुल कादिर अन्सारीलाई निजको ठेगानाबाट नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ  ।

१५ वर्षीय वालिकालाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरि दिने जस्ता अनेकौ किसिमका प्रलोभन देखाई मिति २०७८।०२।१० गते देखि मिति २०७८।०६।०६ गते सम्म जीराभवानी गा.पा.का विभिन्न स्थान तथा खेतमा लगी पटकपटक जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा उनलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा आज बिहिबार  सम्मानित पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

कार दुर्घटना हुदाँ ६ जनाको मृत्यु

hamronepaldainik

वीरगंज सिटी मार्केटमा ५३ जनाद्वारा रक्तदान

hamronepaldainik

१७५ किलो लागुऔषध गाँजा र ट्रक सहित दुई जना पक्राउ

hamronepaldainik
HamroNepalDainik