HamroNepalDainik.com
प्रदेशसमाचार

कार दुर्घटना हुदाँ ६ जनाको मृत्यु

बिरगंज १३ पुस । रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती आएर फर्किनेक्रममा उक्त जीप दुर्घटनामा परेको छ ।

रौतहटको गौर-चपुर सडकखण्डको गरूडा नगरपालिकाको वडा न १ जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गौरबाट गढ़िमाई नगरपालिकाको वडा न ३ गम्हरिया जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार जयनगरमा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए ।

मंगलबार दिउसो रौतहटमा बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना हुँदा गढीमाई नगरपालिका–३ गम्हरिया टोल बस्ने १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय छोटु भन्ने शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष अजिबुल्लाहको मृत्यु भएको रौतहटका डिएसपी सुनिल मल्लले जानकारी दिए।

जीपमा ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको गरुडाका विभिन्न अस्पतालमा तथा एक जनालाई उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए।

घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलिसकेको छ । त्यस्तै घाईते रहेको २ जनाको ग्रान्डी होस्पिटल गरुडामा उपचार भईरहेको प्रहरिले जनाएको छ।

Related posts

कानु युवा समाज नेपालद्धारा होली मिलन कार्यक्रमको आयोजना

hamronepaldainik

ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

hamronepaldainik

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

hamronepaldainik
HamroNepalDainik