HamroNepalDainik.com
समाचारस्थानिय

पर्सामा १८ बर्ष माथीकाे सबैलाई खाेप लगाउन अभियान संचालन

बिरगंज २१ मंसिर ।

जिल्ला प्रशासन कार्यालय पर्साले आयोजित गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला खोप समन्वय समितिका संयोजक उमेश कुमार ढकालले कोरोनाबाट बाँच्न खोपले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँने भएकोले खोप जिल्ला सम्पूर्ण जिल्लावासीलाई आह्वान गर्नु भएको छ ।

पर्सा जिल्लाको सम्पूर्ण स्वास्थ्य संस्थामा यही मंसिर २२, २३ र २४ गते कोभिड १९ विरुद्धको खोप अभियान संचालन हुने भएको छ । कोभिड १९ विरुद्धको खोप लिन छुटेका १८ बर्षमाथिको सम्पूर्ण नागरिकलाई खोप लिन जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालय पर्साले आहवान गरेको छ ।

कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखा परेको छ, यसले समुदायमा थप त्रास बढाएको छ, प्रअिज ढकालले भने, कोरोना भाईरस देखि डराएर हुदैन यसअघि दुई वटा कोरोना लहरबाट पाठ सिकिसकेका छौ, सबभन्दा उत्तम उपाए नै संक्रमण हुनबाट आफू र आफनो परिवारलाई जोगाउँनु नै हो ।

छिमेकी मुलुकमा भारतको विभिन्नि शहरमा यसको लक्षण देखापरेपनि ओमिक्रोन भेरियन्ट कतिको घातक छ ? अहिले प्रयोग भईरहेको खोप यो भेरियन्ट विरुद्ध प्रभावकारी छ कि छैन भन्नेबारे अध्ययन अनुसन्धान भईरहेको हुनाले यसको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु र गराउँनु नै महत्वपूर्ण हो उनले भने ।

नेपाल भारत बीच खुल्ला सिमा छ । खुल्ला सिमाबाट संक्रमित नभित्रिउन भनेर स्थानिय प्रशासन, महानगरपालिका, सुरक्षा नियका मिलेर प्रयास गरीरहेका छौ । खुल्ला सिमा, नेपाल र भारत बीचको रोटीबेटीको सम्बन्ध, रोजगार, व्यापार व्यवसायका कामले पनि सर्वसाधारणको निरन्तर चहलपहल भएको हुनाले आफूलाई सर्तक बनाउँदै सुरक्षा मापदण्डको पालना बनाउँनु पनि आवश्यक छ । २०७८ साउन यता ७ पटक खोप अभियान संचालन भईसकेको छ । त्यसक्रममा पर्सा जिल्लामा हालसम्म १ लाख ३२ हजार १ सय २८ जनाले दोश्रो मात्रा खोप लगाईसकेका छन ।

जसमध्ये ९ हजार ७ सय ६४ जनाले कोभिसिल्डको दुवै डोज, ६६ हजार ३ सय ७५ जनाले भेरोसेलको दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जनसन सिंगल डोज र २१ हजार ९ सय ८२ जनाले एष्ट्राजेनेकाको दुवै डोजको खोप लगाएका पत्रकार सम्मेलनमा प्रजिअ ढकालले उपलब्ध गराएका प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जिल्लामा १८ बर्ष भन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३ सय ६८ जना छ । हालसम्म ३० (२९.६७) प्रतिशतले मात्रै खोप लगाएको अवस्था छ । जिल्ला खोप समन्वय समिति पर्साले पौष समान्तभित्र दुईतिहाई नागरिक अर्थात ६६ प्रतिशतलाई खोप लगाई सक्ने लक्ष्य लिएर काम अघि बढाएको उनले बताए । कोभिड १९ विरुद्धको खोप “हाम्रो खोप हाम्रो सुरक्षा” “खोप लगाउँ सुरक्षित बनौं” नाराका साथ मंसिर २२, २३ र २४ गते कोभिड १९ विरुद्धको खोप लिन छुटेका १८ बर्षमाथिको सबै नागरिकलाई खोप लिन आहवान गरे ।

उनले पर्सा जिल्लाको सम्पूर्ण स्थानिय तहहरुमा स्थानियतहको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताको आधारमा तत्कालै खोप केन्द्र स्थापना गरिने छ । खोप अभियान सफल बनाउँन ४ सय ७५ जना स्वास्थ्यकर्मी स्वयंसेवक व्यवस्थापक तथा ७६५ जना सामुदायिक महिला स्वायंसेविका सहितको टिम परिचाल गरी १२९ स्थानबाट खोप अभियान संचालन गर्न लागेको उनले बताए । वीरगन्ज महानगरपालिकाको बढी भिडभाड हुने घण्टाघर, नयाँ बसपार्क, आर्दशनगर चोक, भंसार र ड्राईपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पोखरीया नगरपालिकामा हाट बजार लाग्ने दिन अभियानको दिन थप एउटा छुट्टै खोप केन्द्र स्थापना गरिने छ, आवश्यकता अनुसार थप हुनेगरी हाल वीरगन्ज विर्ता स्थित नारायणी सेन्ट्रल हस्पीटलमा आईतबार, गण्डक स्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा मंगलबार र वीरगन्ज घण्टाघर स्थित लिंकरोडमा स्थित भवानी हस्पीटलमा बिहिकार भेरोसिलको पहिलो वा खोप कार्डको आधारमा दोश्रो मात्रा खोप सेवा लिन सकिने स्वास्थ्य कार्यालयले व्यवस्था मिलाएको छ । खोप अभियान सफल बनाउँन स्थानिय तहलाई महिला स्वयंसेविकालाई घर घरमा पठाएर खोप लाग्दै गरेको बारेमा जानकारी गराउँन आग्रह समेत गरिएको छ । यसअघि भेरोसेल कोभिसिल्ड वा एस्ट्राजेनका खोपको पहिलो मात्रा लिएकालाई खोप कार्डको आधारमा दोश्रो मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिनेगरी व्यवस्था मिलाईएको छ ।

विशेष खोप अभियानका लागि जिल्लामा प्रयाप्त मात्रामा खोप छ । यसअभियानमा लक्ष्य अनुसार खोप आपुर्तीको व्यवस्था मिलाई राखेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर लगायत पर्साका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Related posts

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

hamronepaldainik

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो

hamronepaldainik

पर्साको ग्रामिणभेगमा रहेको खोलाबाट गिट्टी, बालुवा र ढुङ्गाको व्यापक तस्करी

hamronepaldainik
HamroNepalDainik